बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु



सोमबार यहाँ एउटा गाडीले चिस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस -आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राजधानी ओउगाडोउगुको तर्फ जाँदै गरेको एस्कॉर्टेड आपूर्ति गर्ने काफिले उत्तरी शहर जिबो र बोरजाङ्गा बीचको विस्फोटक पदार्थ सित ठोकिदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले सोमबार साँझ बताएका छन् ।


“नागरिकहरू बोकेको एउटा गाडीले इम्प्रोभाइज्ड विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ जसका कारण पश्चिम अफ्रिकी राष्ट्रमा १,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन्।