श्रीलङ्कामा वर्षाका कारण ४ जनाको मृत्यु, एक हजारभन्दा बढी प्रभावित



श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार बिहानैदेखि देशभर परेको भारी वर्षाका कारण चार जनाको मृत्यु भएको र एक हजारभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ ।

पछिल्लो अपडेट अनुसार प्रकोप व्यवस्थापन केन्द्रले राजधानी कोलम्बोबाट ७८ किलोमिटर टाढा केगालेमा चार जनाको मृत्यु भएको र विभिन्न जिल्लामा एक हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ। आगामी दिनमा भारी वर्षा हुने र तल्लो भूभागमा बसोबास गर्ने बासिन्दालाई उच्च भूभागमा जान आग्रह गरेको भन्दै केन्द्रले विभिन्न जिल्लामा सतर्कता सूचना जारी गरेको छ ।


यसैगरी वर्षासँगै चट्याङ पनि पर्न सक्ने चेतावनी समेत दिइएको छ । राष्ट्रपति कार्यालयले मङ्गलबार प्रभावित जिल्लाका अधिकारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र २४ सै घण्टा हटलाइन स्थापना गरिएको जनाएको छ ।