फोरेक्सको नतिजा सार्वजनिक



१ साउन । जापान बाट रेमिटयान्स सेवामा विश्वास जितेको फोरेक्स रेमिट ले लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । जुन १५ देखि जुलाई १५ सम्ममा जापान बाट नेपाल पैसा पठाउने ४ जना लाई स्मार्ट वाच को व्यवस्था गरेको थियो । जापानको कामता र ओकुबो ब्रान्च बाट पैसा पठाउनेहरूलाई बिशेष गरि यो अफर ल्याईएको थियो ।

फोरेक्स जापानको ओकुबो ब्रान्च बाट सार्वजनिक गरिएको नतिजामा विजेस थकाली र करसाङ लामा अनी कामता ब्रान्चबाट अनिल श्रेष्ठ र भरतराज शर्मा रेग्मीले स्मार्ट वाच प्राप्त गरे । एन बि ए जापानका अध्यक्ष विजेस थकाली, एन बि ए जापान का उपाध्यक्ष ददिवल खड्का, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, सन्चारकर्मी उत्तम गौडेल, फोरेक्स जापानका मेनेजर योकुमिचु आकिरा लगायतकाको उपस्थितमा लक्की ड्र सार्वजनिक गरिएको थियो ।