काठमाडौंमा भेरोसेल खोपको मौज्दात सकियो, खाेप अभियान स्थगित



१ साउन । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि स्वास्थ्य कार्यालयमा हाल मौजुदात रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।