पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।
१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।