कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि पक्राउ



काठमाडाैँ । कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका–१० बस्ने सुनबहादुर तामाङ रहेका छन् । उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ ।

ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले तामाङलाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।