बागमती प्रदेश सर्वदलीय बैठक : फागुन १६ मा प्रदेशसभा बैठक बस्ने



मकवानपुर । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।

सोही बैठकको निर्णय अनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । उनका अनुसार, कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकको लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ ।


गठबन्धन सरकारले सिफारिस गरिएनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । उक्त सर्वदीय बैठकमा सत्तारुढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष (नेकपा एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले जानकारी दिए ।