उपत्यकामा २५ भन्दा बढी भेला हुन प्रशासनले लगायो रोक



काठमाडौँ । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुनेछ । सँगै बैठकले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।