कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घन



काठमाडाैं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको उल्लेख छ । कात्तिकमा प्रहरीले १५ जना महिलासहित ११९ जनालाई गिरफ्तार गरेको छ ।


त्यसैगरी, यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुव्र्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको जनाएको छ । कात्तिकमा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा छ जना पत्नीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको छ । त्यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएको इन्सेक जनाएको छ ।