सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here