सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा सिधाकुरा टिमको बयान हुँदै



काठमाडौं । सिधाकुरा टिमले सार्वजनिक गरेको द डार्क सर्कल अन्तर्गतको सामाग्रीबारे सर्वोच्चले आज सिधा कुराको टिमसँग बयान लिँदैछ । बयानका लागि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

सर्वोचचका उपरजिष्टार गोविन्द्रप्रसाद घिमिरेले प्रतिवेदन उठाएर सर्वोच्मा निवेदन दिएका थिए । ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशितरप्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरासँग कयान लिने फैसला गरेको थियो ।


यसअघि सर्वोच्चको आदेशअनुसार सिधाकुराले ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित विवादित सामग्री हटाउँदै शृ‌ंखला नै स्थगन गरिसकेको छ। तर पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वाेच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।

सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’समेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी रिट निवेदनमा गरिएको छ ।