प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।