सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको शीर्ष नेताहरुहरुको बैठक जारी रहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको हो ।

संसद्को वर्षे अधिवेशन प्रभावकारी रुपमा सुचारु गर्नबारे सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् । पछिल्लो समय सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राखी कांग्रेसले विरोध गरिरहेको छ ।


सभामुख घिमिरेले आह्वान गरेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायतको उपस्थिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here