संसद् बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदको बर्षे अधिवेशनमा सांसदहरुले खेल्ने भुमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरुले संसदमा खेल्नुपर्ने भुमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरुले बताएका छन् । संसदको बर्षे अधिवेशन आज दिउँसो २ बजे सुरु हुदैछ । बैठकमा दलीय आधारमा नेताहरुलाई बोल्न दिने कार्यसुची संसद सचिवालयले सार्वजनिक गरेको छ । 


सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद अवरोध गर्ने चेतावनी दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here