कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार फेरि बस्ने



काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनका लागि गठित कार्यदलको बैठक आज पनि निश्कर्षविहीन भएको छ । आज (बिहिबार) संसदीय समितिको टीओआर टुङ्ग्याउन कार्यादलको बैठक बसेपनि कांग्रेसले आफ्नो अडान कायमै राख्दा टीओआर नटुङ्गिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले आज पनि टीओआरमा सहमति नजुटेको बताए । उनले भोलि विहान बस्ने बैठकमा सहमति जुट्ने सम्भावना प्रवल रहेको पनि बताए । नेता खनालले कांग्रेस सहमतिमा आउन सकारात्मक देखिएको पनि बताए । ‘अहिले उहाँहरु थप छलफल गर्ने भन्ने सहमतिमा हुनुहुन्छ । मेरो बुझाइमा उहाँहरु सकारात्मक हुनुहुन्छ,’– नेता खनालले भने ।