‘गाउँ आएको बाटो’ को ट्रेलर सार्बजनिक



काठमाडौँ । नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्बजनिक ट्रेलरबाट गिल्मले पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असर बारे फिल्म बनेको बुझ्न सकिन्छ ।


यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् । 

यो फिल्मले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाइसकेकोले विशेष चर्चा समेत रहेको छ ।

फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय छ ।