बागमतीका मुख्यमन्त्री जम्मकट्टेल विरामी, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो



काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विरामी परेका छन् । खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखापरेको थियो । उनको स्वास्थ्य प्रतिकूल भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले जानकारी दिएअनुसार उनको स्वास्थ्य गम्भीर देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको र अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


उनलाई निरन्तर भोमिट भएको र न्यून रक्तचाप (प्रेसर लो) को समस्या देखिएको बताइएको छ । साथै, मुख्यमन्त्री जम्मकट्टेलमा अक्सिन लेवल पनि कम देखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here