परिणाम देखिने गरी काम गर्न मन्त्रीचौधरीको निर्देशन



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।

“अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ”, मन्त्री चौधरीले भनिन्, “जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुप¥यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।” उनले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन तयार गर्न कर्मचारीलाई निर्देशन दिइन् ।


सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here