काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला



काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ । विहान मर्निङ्गवाक गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

३५ वर्षका जस्ता देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन ।


स्थानीयवासीका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here