काठमाडौंका यी क्षेत्रमा आजदेखि दैनिक चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

एक सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । यी क्षेत्रहरूमा आनदेखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here