एकदिने भ्रमण सकेर स्वदेश फर्किइन् जापानी विदेशमन्त्री योको



काठमाडौं । एकदिने भ्रमण सकेर जापानकी विदेशमन्त्री खामीखावा योको स्वदेश फर्किएकी छिन् । विदेशमन्त्री योकोलाई परराष्ट मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा विदाई गरेकी हुन् ।

काठमाडौं ओर्लिनेबित्तिकै वसन्तपुर क्षेत्रको अवलोकनमा निस्किएकी विदेशमन्त्री योकोले समकक्षी नारायणकाजी श्रेष्ठदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी हुन् ।


यस्तै, उनले काठमाडौंको जमलमा रहेको मण्डला बुक प्वाइन्टमा पुगेर पुस्तकसमेत खरिद गरेकी थिईन् । उनी नेपाल एयरलाईन्समार्फत जापान फर्किएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here