उपेन्द्रले भने- सरकारको समर्थन कायमै रहन्छ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् ।

बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी विभाजन भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताएका हुन् ।


उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए । ‘म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो,’ उनले भने ।

उनले नेताहरूसँग भेटघाट नै नभइ कपोकल्पित हल्ला चलाइएको दाबी गरे । पार्टी महाधिवेशन नजिकिँदा भएको विभाजनले फाइदा कसैलाई नहुने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here