बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला



बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश दिएको छ । 

विदेश मन्त्रालयको पत्र अनुसार उनीहरूले विध्वंसक गतिविधि गरेको आरोप लगाउँदै ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको हो ।


बुर्किना फासोको सरकारले निष्कासित कूटनीतिज्ञहरू विरुद्ध लगाइएको आरोपको थप विवरण प्रदान गरेको छैन । तर, उसले ग्वेनेले हबुजिट, हर्भ फोर्नियर र गुइलाउम रेसाचर नाम गरेका फ्रान्सेली कुटनीतिज्ञलाई ४८ घन्टा भित्र देश छाडन आदेश दिएको हो ।

सो देशका नागरिक समाजका नेताहरूसँग गरेको बैठक पछि सरकारले उनीहरूलाई निष्कासन गर्ने निर्णय लिएको बताइएको छ । फ्रान्सले बिहीबार यस कदमको निन्दा गरेको छ।

‘बुर्किनाबे अधिकारीहरूको निर्णयको लागि कुनै वैध आधारहरू थिएनन्। हामी यसको निन्दा मात्र गर्न सक्छौँ,’ फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले भने। उनले तीनै जना विरुद्धको आरोप निराधार भएको बताए ।