सुहाङलाई जिताउन अपिल गर्दै ओलीले भने- सुहाङ र यहाँको विकासको जिम्मा म लिन्छु



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनमा अत्याधिक मतले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् ।

चुनावी अभियानका क्रममा इलाममा रहेका ओलीले सुहाङले चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्नुमात्रै ठूलो कुरा नभएको दाबी गर्दै अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका हुन् । साथै, उनले सुहाङ र इलामको विकासको जिम्मा आफूले लिने उद्घोष गरे ।


‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु । यहाँको विकासको जिम्मा म लिन्छु । पैसा कमाउन, खाँचो भएर यहाँ आएको होईन सुहाङ नेम्वाङ,’– उनले भने ।

सुहाङ बाबुको सपना पूरा गर्न र देश बनाउनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको उनको दाबी छ । सूर्य चिन्हमा मतदान गरेर सुहाङलाई जिताउन उनले आग्रह गरे । साथै, उनले अन्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई पैसा खर्च नगर्नसमेत उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here