सुन्तलाले पायो नेपालको राष्ट्रिय फलको मान्यता



काठमाडौं । सुन्तलाले नेपालको राष्ट्रिय फलको मान्यता पाएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने सिफारिस गरेको हो ।

‘कृषि मन्त्रालयको प्रस्तावमा, लामो समयदेखि छलफलमा रहेको थियो सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने भन्ने निर्णय पनि भएको छ,’– मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।