सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु



गुआङझोउ (चीन) । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन उपभोग प्रवर्द्धन गर्न दक्षिण चीनको गुआङडोङ प्रान्तको झुहाई सहरमा मङ्गलबार राष्ट्रिय पहल सुरु गरेको छ ।

सन् २०२४ अप्रिलदेखि सन् २०२५ फेब्रुअरीसम्म चल्ने उक्त पहलमा मे दिवसका बिदाहरू, गर्मी बिदाहरू, राष्ट्रिय दिवसका बिदाहरू र वसन्त महोत्सव अर्थात चिनियाँ नयाँ वर्षका लागि तयार गरिएका विभिन्न पचार गतिविधिहरू समावेश हुनेछन् ।


स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै मन्त्रालयले अद्वितीय सांस्कृतिक तथा पर्यटन गतिविधि, नवीन उपभोगका अवसर र उपभोक्तामैत्री उपायहरू पेस गर्नका लागि विषयगत कार्यक्रमहरू आयोजना गर्नेछ । उक्त ठोस प्रयासको उद्देश्य व्यवसाय र आम जनता दुवैलाई लाभको सुनिश्चितता कायम गर्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here