सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध प्रमाणसहित सदनमा उपस्थित हुन्छौं : महामन्त्री शर्मा



इलाम । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् ।

आज (शनिबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका छन् ।


उनले गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्ने बताउँदै उनले भने, ‘अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित हो । संसदमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनु पर्छ भन्यो । कतिपयले भन्नु भयो–प्रमाण के हो भनेर । अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिन्छ, प्रश्न एक जनाको होइन । गाँस काटेर ७३ हजारभन्दा धेरै आज सहकारीमा आबद्ध छन् । ५० हजार बढी ठगीमा परेका छन् । त्यसलाई छानबिन गरौं भन्दा छानबिन नगर्नुपर्ने विषय होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here