शेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक एक गोल गरेका थिए ।


त्यसैगरी शेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै शेफिल्डको भने ३४ खेलमा केवल १६ अंक रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here