वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य



काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो ।


वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here