वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन



काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


यसअघि शनिबार भएको पहिलो खेलमा नोपल ५ विकेटले विजयी भएको थियो । वेष्टइन्डिजसँग नेपालले ५ वटा टी -२० खेल खेल्नेछ ।

नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल

वेस्ट इन्डिज ‘ए’ टोली :

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here