विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु



कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताउनुभएको छ । प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमाm परी मृत्यु भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा कैयौँ सैनिक घाइते भएका छन् । ‘गोलाबारुद विष्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,” हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भने ।


प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्यालहरु फुटेको तस्बिरहरु अनलाइनमा शेयर गरेका छन् । अन्य तस्विरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन । यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ । कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ । विस्फोटपछि सार्वजनिक भएका तस्वीरहरूमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ । विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here