विश्वदीपले पनि छाडे बाबुरामको साथ, माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरेका हुन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले खादा र टीकासहित पार्टीमा स्वागत गरेका छन् । उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो ।


गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरे । तर, त्यो समय पनि विश्वदीप बाबुरामकै पक्षमा थिए ।

नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुगेका छन् ।