लुम्बिनीका बिना विभागीय मन्त्रीले पाए जिम्मेवारी



बुटवल । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बुधबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।


उनीहरु चारै जना नेकपा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । यसअघि मुख्यमन्त्रीमा महरा नियुक्त भएकै दिन एमालेका चेतनारायण आचार्य अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय धर्मबहादुर चौधरीलाई, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेतलाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । भौतिकको जिम्मेवारी पाएका चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । बस्नेत स्वतन्त्र सांसद र अधिकारी नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।

र, मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् । भने गत साता नै राजीनामा दिएका कृषि मन्त्री भण्डारीलाल अहिरको राजीनामा स्वीकृत नभएको कारण उनले सम्हालेको मन्त्रालयबारे कुनै निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here