लहानको खुट्टीखोलामा सुविधासम्पन्न घाट निर्माण



सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रूपमा शुक्रबार शिलान्यास गरे । 

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताए । दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ । अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ । घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत  संरचना पनि निर्माण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here