राष्ट्रिय सभा सदस्यमा डा.अञ्जान शाक्य मनोनीत



काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज सांसद मनोनीत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


शाक्यलाई चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

शाक्य नेकपा एमालेको कोटाबाट राष्ट्रिय सभामा मनोनीत भएकी हुन् । इजरायलको लागि पूर्व नेपाली राजदूतसमेत रहेकी शाक्य गत वर्ष २ महिना राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिईन् । उनी एमालेको विदेश विभागकी सचिवसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here