राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ



काठमाडौं । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छन् । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शाक्यलाई शपथ खुवाएका हुन् । 


राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा  शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका थिए ।