मधेशमा माओवादी र एकीकृत समाजवादीका ३ मन्त्री नियुक्त हुँदै



काठमाडौं । मधेश प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवेल चौथो पटक विश्वासको मत लिनासाथ सरकारलाई पूर्णता दिन लागिएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार यादवले आज माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ गरि ३ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।


मुख्यमन्त्री यादवले आज माओवादी केन्द्रका युवराज भट्टराई र भरतप्रसाद साह तथा एकीकृत समाजवादीकी बेची लुंगेलीलाई मन्त्री नियुत्तल गर्ने तयारी गरेका छन् । उनीहरुके शपथ पनि आजै हुने तय भएको छ ।

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १-१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ मन्त्री नियुक्त हुन लागेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री यादवसँग हाल श्रम र वन मन्त्रालयमा मात्रै रहेको छ । २ मन्त्रालयमात्र रहँदा माओवादीबाट मन्त्री रहेकी साहलाई फिर्ता बोलाउने तयारी गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here