बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक



धनगढी ।  बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ । 

शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । बैठक लगत्तै मत गणना हुने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here