पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी



पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा–१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ। भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहिया टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो। आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here