नेपाल र कतारबीच द्विपक्षीय भेटवार्ता



काठमाडौं । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ । होटेल सोल्टीमा सुरू भएको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ

त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको थियो ।


भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको हो । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गरेका छन् ।

मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका उनलाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जानेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here