‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन



इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई इरानले ‘निराधार’ भन्दै यसको खण्डन गरेको छ । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ‘इरानका केही व्यक्ति र कम्पनीहरू साइबर आक्रमणमा संलग्न रहेको अमेरिकी सरकारको दाबीलाई इरानले स्पष्टरूपमा खण्डन गरेको छ ।’


उनले वासिङ्टनले ‘गाजा पट्टीमा इजरायली युद्ध अपराध र नरसंहारका लागि इजरायली शासनलाई असीमित समर्थन गर्ने नीतिप्रति अन्तर्राष्ट्रिय आलोचनाको लहरलाई हटाउन खोजेको’ आरोप लगाए। 

अमेरिकी अर्थ मन्त्रालयले मंगलबार चार व्यक्ति र दुई कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा गरेको थियो र चार जनालाई ‘अमेरिकी संस्थाहरूलाई लक्षित गर्ने साइबर गतिविधिमा उनीहरूको भूमिकाको लागि’ पनि अभियोग लगाएको थियो ।

इरानको रिभोल्युसनरी गार्ड्सका तर्फबाट यी व्यक्तिहरूले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनी र सरकारी संस्थाहरूलाई साइबर आक्रमणमार्फत निशाना बनाएका थिए ।

गत अप्रिल १३ र १४ मा इजरायलले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा गरेको घातक हवाई आक्रमणको बदलामा इरानले गरेको आक्रमणपछि संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली सङ्घले हालैका दिनहरूमा इरानविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here