त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । भारतको नयाँ दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा उक्त सुन बरामद भएको हो ।

उक्त सुन कसले ल्याएको थियो भन्ने पहिचान हुन सकेको छैन । विमान अवतरण हुनेवित्तिकै प्रहरीले नियमित चेकजाँच सुरु गरेपछि सुन लिएर आएको व्यक्तिले छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here