ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति



ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ ।


आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपातलगायत नगद नष्ट भएको छ । ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गएराति नै आगो निभाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here