जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे कुनै जानकारी प्राप्त नभएको जापान सरकारले जनाएको छ । तर भूकम्पपछि सुनामीको खतरा रहेको बताइएको छ ।


जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो ।

भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा महसुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here