जनता झुक्याएर खानुपर्ने एउटापनि नेता हाम्रो पार्टीमा छैनन् : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा जनतालाई झुक्याएर खाने एउटापनि नेता नभएको बताएका छन् । इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘काम गरेर खानसक्ने नेतालाई मात्रै हामीले हाम्रो पार्टीमा समावेश गरेका छौं ।’ उनले मिलन लिम्बुलाई जिताउनको लागि इलामवासीको केही शर्त भए हस्ताक्षर गर्न आफू तयार रहेको पनि बताए । उनले आफूहरु सदनमा छिर्दा सदन जिउँदो बनेको दाबी गरे ।


उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले आफूलाई जस्तै मिलन लिम्बुलाई पनि माया गरिदिन अपिल गरे । उनले आफूहरु एकसे एक इमानदार मान्छे लिएर जाने र भ्रष्टलाई रोक्ने उद्घोष गरे । उनले शरीरमा एक मुठ्ठी श्वाँस रहेसम्म कसैसँग पनि नझुक्ने बताए । उनले आफूहरुको विचारको यात्रा कसैले षड्यन्त्र गर्दैमा नतोडिने टिप्पणी गरे । उनले भने,‘मलाई सिध्याउन सक्लान्, केही नेतालाई सिध्याउन सक्लान्, नेपालको इतिहासमा चुनाव भएसम्म मतपत्रमा घण्टी रहिरहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here