चौथो जितसँगै शीर्ष स्थानमा उक्लियो बागमती



काठमाडौं । काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ।

आज भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पाखा लगाएको छ । कर्णालीले दिएको १२१ रनको लक्ष्य बागमतीले १४।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि कप्तान रीत गौतमले सर्वाधिक ३३ तथा शुभ कंशाकार र इशान पाण्डेले समान २८ रन जोडे । ओपनर आशुतोष घिरैया २० रनमा आउट हुँदा रवीन जोशी ३ रनमा अविजित रहे ।


बलिङतर्फ कर्णालीका अर्जुन चनारा, युनिसविक्रम सिंह ठकुरी र दीनेश अधिकारीले समान १ विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र जोड्न सक्यो ।

कर्णालीका लागि कप्तान विपिन शाहीले ५१ रनको अर्धशतकिय पारी खेलेपनि त्यो जितको लागि प्रर्याप्त भएन् । ४१ बलको सामना गरेका उनले समान ३ चौका र छक्का हिर्काए । प्रकाश जैशीले २३ रन थपेको खेलमा मनिश थापाले १६ र हिंमासु शाहीले १५ रन जोडे । बलिङतर्फ बागमतीका गौतम केसी एक्लैले ५ विकेट लिँदा रिजन ढकाल र सोनु देवकोटाको नाममा समान २ विकेट रह्यो । रामनरेश गिरीले पनि एक विकेट लिए ।

चौथो जितसँगै ५ खेलबाट ८ अंक जोडेको बागमती शीर्ष स्थानमा रहँदा ५ खेलबाट समान ६ अंक जोडेका लुम्बिनी र कर्णाली क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here