घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिव बराल पक्राउ



पोखरा । पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।


सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here