गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौं। उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रदर्शन गरेको छ।

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडी मशाल जुलुस सहित प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।


प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए । सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरुलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here