कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित



विराटनगर । कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकबाट बहुमतले सो संकल्प प्रस्ताव पारित भएको हो ।

संकल्प प्रस्तावमाथि आजै छलफल भएको थियो । छलफलमा तथा उठेका विषयमा मुख्यमन्त्रीले आज जवाफ दिएका थिए ।


नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको हो ।

संकल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here