कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ



भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । वि. सं. २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार धरानबाट पक्राउ गरेको हो ।

प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले राससलाई जानकारी दिए । पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here